Loading...
पाकिस्तानी प्रधानमन्त्री खान र प्रदेश २ का मुख्यमन्त्री राउतको पुतला दहन

राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको हो । पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएको अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले आरोप लगाउनु भएको छ l

इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री राजीनामा दे र संघीय हिन्दू गणतन्त्र जिन्दावाद जस्ता नारा प्रदर्शनमा लगाइएको थियो l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *