Loading...
प्रदेश २ का मुख्यमन्त्री गद्दी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट, पुतला दहन

काठमाडौं– राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र पाकिस्तानी प्रमानमन्त्री ईमरान खानको पुतला जलाएको छ ।  हिंदुु राष्ट्रको वकालत गर्दै आएको उक्त संस्थाले शनिवार बाराको कलैयामा गद्दी र खानको बिरोध गर्दै उनिहरुको पुतला दहन गरेको हो । पछिल्लो पटक प्रदेश २ को प्रदेशसभामा ‘मदर्शा शिक्षा’ सम्बन्धी एउटा बिधेयक पेश भयो । बिधेयकमा मुश्लिम बिधालय (मदर्शा) सञ्चालनका लागि प्रदेश सरकारले नितिहरु तर्जुमा गर्ने उल्लेख गरिएको छ । अभियानका केन्द्रीय संयोजक बिनय यादवका अनुसार मदर्शा बिधेयका माध्यमले प्रदेश २ लाई ईस्लामिकरण गर्न लागिएको र त्यस्ता बिधेयकले देशलाई तालिबानी शासनतर्फ धकेल्न खोजिएको हो । उनले प्रदेश २ का मुख्यमन्त्री गद्दी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *