Loading...
खल्तीका मान्छेलाइ मन्त्रि बनाएका यादब, लुक्दै, फोन गर्दै क्षमा याचना गर्दै

मन्त्रि चयनलाइ लिएर सुरु भएको आक्रोस मत्थर बनाउन जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले असन्तुष्ट नेताहरुलाई फकाउन सुरु गरेका छन्।

अघिल्लो हप्ता बाल कुमारी कार्यालय मै यादब बिरुद्ध नाराबाजी गरिएको थियो। प्रदिप यादबका समर्थकहरुले बिरगंजमा यादवका पुतला समेत जलाएका थिए। अहिले यादबले असन्तुष्ट नेताहरु प्रमोद साह, प्रदिप यादब, इस्तियाक राइ र अमृता अग्रहरीलाइ नहुनु पर्ने काम भयो भनेर फकाउन थालेका छन्।

नेता प्रमोद साहले “आफूलाई अध्यक्ष यादबले घुमाउरो किसिमबाट गल्ति भएको जनाएको बताउनु भएको छ। यादबले ४ सिट मध्ये ३ मा यादब र एकमा पहाडी समुदायबाट राजेन्द्र श्रेष्ठलाइ मन्त्रि बनाएका छन्। एक नेताका अनुशार ३ यादब अध्यक्ष यादबका खल्तीका मान्छे हुन्।

आजको नागरिक पत्रिकाबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *