Loading...
प्रदेश २ र संघीय सरकारमा बसेका जसपा बाढीमा मौन, लोसपा नेता यादबले दिए कडा चेतावनी

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा युवा नेता संजय यादवले बाढीका कारण मर्कामा परेका किसानलाइ तत्काल राहत दिन माग गर्नु भएको छ । सोमबारदेखिको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

नेता यादवले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । उहाँले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् । निरन्तरको वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरका विभिन्न भाग डुबानमा परेको छ । पानी निकासको उचित व्यवस्था नहुँदा सहरका विभिन्न क्षेत्र जलमग्न भएका छन् । प्रदेश २ सरकारको प्रशासनिक केन्द्र रहेको जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड परिसर पनि डुबानमा परेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलमग्न छ भने पिडारी चोक, रामानन्द चोकलगायत विभिन्न स्थान पनि डुबानमा परेको छ । नेता यादवले बाढी, पहिरो र सडक दुर्घटनाका कारण ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भयो -” जसपा प्रदेश देखि संघिय सरकार मा बसेर अहिले चुप छाप लाटो बनेर बस्न मिल्छ ? बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजीमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अहिले मधेश सहित सम्पूर्ण देश नै डुबान मा परेको छ तर प्रदेश २ को सरकारको नेतृत्व र संघिय सरकार मा सामेल भएको जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र उहाकै पार्टीको कृषि मन्त्रि महेन्द्र राय यादब मौन हुनु देश र मधेश कै लागि दुर्भाग्य हो।

उहाँले यस्तो बेलामा मधेश नहेर्ने जसपा का नेताहरु लाइ चुनाबको बेला मधेशी जनताले लखेट्ने भन्दै आक्रोस ब्यक्त गर्नु भएको छ । संघिय सरकार ले राहतको कुरा गरि रहँदा जसपाका नेताहरु अहिले मौन रहेको छ । उहाँले कृषि मन्त्रि महेन्द्र राय यादब र जसपा अध्यक्ष उपेन्द्र यादबलाई तत्काल राहत ब्यबस्था गर्न भन्दै नगरे त्यसको मूल्य समय आएपछि चुकाउनु पर्ने चेतावनी समेत दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *