Loading...
१६ गाउँको बीचमा ११ दिन चल्ने प्रिमियर क्रिकेट लिगको लोसपा नेता यादबले गरे उद्घाटन

सरोज “खिलाडी”

बारा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका चर्चित लोकप्रिय जुझारु युवा नेता सञ्जय यादवले आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ का राम जानकी यूथ क्लब द्वारा आयोजित बतरा प्रिमियर क्रिकेट लिगको उद्घाटन गर्नु भएको छ । क्रिकेट लिगको उद्घाटन गर्दै उहाँले खेलले स्वास्थ्यलाई फाइदा मात्र नहुने बरु स्थानिय खेलाडी लाइ राष्ट्रिय खेलाडी बनाउदै अन्तराष्ट्रिय रुप मा स्थापित गर्ने आफ्नो इच्छा रहेको बताउनु भएको छ । साथै उहाँले खेलले समाजमा आपसी सम्बन्ध र भाइचारा स्थापित गर्ने समेत बताउनु भएको छ ।


खेल स्वास्थ्यका लागि फाइदाजनक हो नै, त्यसका लागि समाजमा भातृत्व कायम  गर्छ, खेलले समाजलाई जोड्ने काम गर्छ, एक गाउँले अर्को गाउँ, एक जिल्लाले अर्को जिल्ला, एक देशले अर्को देशबीच खेलले सम्बन्ध जोडेको उहाँको भनाइ रहेको छ ।
नेता यादवले स्थानीय स्तरमा खेलिने खेलाई राष्ट्रिय स्तरमा जोडिने र व्यवसायीकरण गर्नुपर्ने आवश्यक रहेको समेत बताउनु भयो ।
वडा अध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न दलका नेता तथा संघ संस्थाका प्रतिनिधिको उपस्थित थियो। १६ वटा गाउँको बीचमा भइरहेको यो खेल ११ दिनसम्म चल्ने छ। लिगमा प्रथम हुनेलाई २० हजार, ट्रफी सहित सम्मान गरिने छ भने दोस्रोलाई १० हजार सम्मान र ट्रफी प्रदान गरिने छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *