Loading...
मधेशमा लोसपा थप बलियो, पार्टी प्रवेश कार्यक्रममा महतो आफै पुगेपछि हजारौले गरे पार्टी प्रवेश

मधेश र मधेशी को मुद्धा बोकेको एक मात्र पार्टी लोकतान्त्रिक समाजबादी पार्टी, नेपालका नेताहरु मधेशमा समय बिताउन थाले पछि मधेशी जनता पार्टी प्रवेश गर्न थालेका छन् । प्राय दिनहु जसो पार्टी प्रवेश हुने गरेको पाइएको छ ।

खासगरी कांग्रेस र एमाले छाडेर लोसपा मा आउने को भिड बढेको छ । यसै क्रममा पर्सा जिल्लाको बिन्दबासिनि गाउपालिकामा लोसपाले गरेको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस एमाले र जसपा छाडेर हजारौले पार्टी प्रवेश गरेको छ । लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सप्पन्न पार्टी प्रवेश कार्यक्रममा स्थानिय प्रभाबशालि नेता प्रमोद तिवारीको नेतृत्वमा कांग्रेस – एमाले र जसपा परित्याग गरि करिब एक हजार भन्दा बढिको संख्यामा नेता कार्यकर्ताहरु लोसपामा प्रबेश गरेका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेता महतोले मधेशको समस्याको सामाधान लोसपा संग मात्र रहेको र बाकि पार्टीहरु सत्ता विलाशी भएको हुनाले अबको बैकल्पिक पार्टी लोसपा हुने बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *