Loading...
लोसपा नेता यादबको अर्जुन दृष्टिमा युवा, क्रिकेटपछि अबको निशानामा म्याराथन प्रतियोगिता

काठमाडौं, ३० कार्तिक । बारा जिल्लामा उच्चस्तरीय शिक्षा तथा स्वास्थ्यका लागि दौड (म्याराथन) प्रतियोगिता हुने भएको छ । मंसिर १२ गते बाराको आदर्श गाउँपालिकास्थित श्रीराम चरित्र माध्यमिक विद्यालय च्यूटाहाँको प्रांगणबाट म्याराथन प्रतियोगिता सुरु भई रौतहट जिल्लाको सिमाना अरुवा नदीसम्म १० किलोमिटर रहेको छ । बारा निर्वाचन क्षेत्र १ को सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका प्रतियोगीहरु सहभागी हुने आयोजक तराई सामुदायिक उत्थान केन्द्र बाराका अध्यक्ष संजय यादवले बताउनु भएको छ ।

सो म्याराथन प्रतियोगितामा तीन पालिकाका करिब साढे पाँच सयभन्दा बढी प्रतियोगीहरुले भागलिने छन् । तीनै पालिकामा रहेको ३० वटा वडाबाट कम्तीमा १५/१५ जना प्रतियोगीहरु सहभागी हुनेछन् । म्याराथनका प्रथम, द्वितीय र तृत्तीयलाई १/१ वटा साइकल र चौंथोदेखि दशौं नम्बरसम्म हुनेलाई एक÷एक वटा वाल घडी पुरस्कार दिइने अध्यक्ष यादवले बताउनु भएको छ । उहाँले युवालाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आउनु भएको छ । यस भन्दा अगाडी नेता यादबले ११ गाउँले खल्ने क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि बन्दै उदघाटन समेत गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *