Loading...
उपेन्द्रलाइ गरे महन्थले खोजि, खै नागरिकता बिधेयक, किन निस्केन थुनाबाट रेशम चौधरी

सरोज “खिलाडी”

लोकतान्त्रिक समाजबादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा अहिले पनि मधेश र मधेशी माथि विभेद भैरहेको बताउनु भएको छ। जुनसुकै पार्टीको सरकार आए पनि मधेश र मधेशी माथि विभेद गर्दै आएको बताउँदै मधेशीहरुको मुद्दाहरु अहिले पनि समाधान नभएको बताउनु भएको छ । उहाँले भन्नुभयो -” जबसम्म मुद्दा समाधान हुँदैन तबसम्म हाम्रो संघर्ष जारी रहन्छ, मधेसीहरु माथि पटक–पटक विभेद र दु्रव्यवहार भइरहेको छ।”

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा आयोजित पार्टी प्रवेश तथा बृहत आम सभालाई सम्बोधन गर्दै ठाकुरले सो कुरा बताएका हुन् ।

ठाकुरले राज्यका सबै निकायमा मधेशीहरुको प्रतिनिधित्व नभएको भन्दै समान सहभागिताको माग समेत गरेका छन । अध्यक्ष ठाकुरले भन्नुभयो – हामी सरकारमा जाँदा मधेशीको विभिन्न मागहरु सम्बोधन गरायौ र अझ गर्ने तरखरमा थियौ तर त्यो अबरुद्ध गर्ने र कहिले १३ बुंदे मधेशीको समस्या सामाजिक संजाल फेसबुकमा लेख्ने उपेन्द्र यादब खै कहाँ छन् अहिले ? १३ बुंदे मधेशीको समस्या मा कति वटा समाधान भयो उपेन्द्र जी ? ६ महिना भन्दा बढि जसपा सरकारमा गएको भै सक्यो मधेशीको “म” शब्द समेत उच्चारण गर्न सकेको छैन । रेशम चौधरीको कुरा त परै जाओस संबिधान संशोधनको “स” पनि उच्चारण गर्न सकेको छैन। जसपाले मधेशीको हितमा काम गर्न नसक्ने दाबी समेत अध्यक्ष ठाकुरले गर्नुभएको छ। कार्यक्रममा बिभिन्न पार्टी परित्याग र नयाँ सदस्य गरी ६०० देखी ८०० नेता र कार्यकर्ता लोसप नेपालमा प्रवेश गरेका राष्ट्रिय विद्यार्थी संघ कपिलवस्तुका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीले बताउनु भएको छ।

कार्यक्रममा लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी र लोसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य अनिल झा, लोसपा लुम्बिनी प्रदेश संयोजक रविदत्त मिश्र , लोसपा कार्यकारिणी समिति सदस्य अकवाल अहमद शाह , कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरि लगाएतका नेताहरुको सहभागिता रहेको थियो।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *