Loading...
लोसपा नेपालदवारा प्रदेश २ को चार जिल्लामा अध्यक्ष चयन, धनुषामा परमेश्वर साह

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ का विभिन्न जिल्लामा पार्टीका जिल्ला अध्यक्षहरू चयन गरेको छ ।  लोसपा नेपालले प्रदेश २ को चार वटा जिल्लामा अध्यक्ष चयन गरेको हो । धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारा जिल्ला अध्यक्षमा नवलकिशोर सिंह र पर्सा जिल्ला अध्यक्षमा पुरुषोत्तम झालाई चयन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले अलग अलग विज्ञप्ति जारी गर्दै चार वटा जिल्लामा अध्यक्ष चयन गरेको जानकारी दिएका छन् । त्यस्तै लोसपाका केन्द्रीय सदस्य उमाकान्त झालाई धनुषा र प्रदेश सांसद अभिराम शर्मालाई महोत्तरी जिल्लाको पर्यवेक्षकमा चयन गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *