Loading...
मधेश आन्दोलनका कमाण्डर नेता जितेन्द्र सोनल लोसपा प्रदेश २ को अध्यक्षमा नियुक्त

काठमाडौं — मधेश आन्दोलनका अगुवा नेता जितेन्द्र सोनल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ को अध्यक्षमा नियुक्त भएका छन् । लोसपा केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सोनललाई प्रदेश अध्यक्षमा नियुक्त गरेका हुन् । लोसपा संसदीय दलको नेता समेत रहेका सोनल यसअघि प्रदेश २ सरकारमा मन्त्री थिए । नेता सोनल मधेश केन्द्रित दल का नेताहरु मध्ये सर्वाधिक इमान्दार तथा लोकप्रिय नेता हुन् । उहाँले मधेश आन्दोलनमा बिशेष भूमिका निर्वाह गर्नु भएको थियो ।

लोसपा केन्द्रीय कार्यकारिणी सदस्य समेत सहेका सोनल बारा क्षेत्र नं.४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *