Loading...
कपिलबस्तुमा जसपा सिद्धिने संकेत ! अभिषेकपछि गुप्ता हजारौ कार्यकर्ताका साथ् एमालेमा प्रवेश

सरोज “खिलाडी”

६ पुस, कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको बहदुरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन् । जिल्लाको बहादुरगञ्जमा आयोजित सभामा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुग्नु भएको हो l दिउँसो १२ बजेदेखि बहादुरगञ्जमा शुरु हुने सभामा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित अन्य पार्टीका नेता–कार्यकर्तालाई ओलीले पार्टी प्रवेश गराउने एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले बताउनु भएको छ । यस भन्दा अगाडी अभिशेख प्रताप साहलाइ जसपा ले मेयरको टिकट नदिए पछि चुनाब कै समय मै साह नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। साहको यति क्रेज कपिलबस्तु मा छ कि साह चुनाब एक्कलै जितेका थिए। त्यति बेला देखि जसपा कपिलबस्तुमा कम्जोर रहेको छ । आज को पार्टी प्रवेशमा खास गरेर जसपा कै हजारौ कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुका अध्यक्ष पोखरेलले बताउनु भएको छ l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *