Loading...
प्रदेश २ को नाम “मधेश” र स्थायी राजधानी “जनकपुर” बनाउन लोसपाको माग, वार्ता समिति गठन

६ पुस, जनकपुरधाम । प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्न विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले माग गरेका छन् ।

यस्तै, प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्न भन्दै अन्य दलसँग वार्ता गर्न लोसपाले वार्ता समिति बनाएको छ ।

प्रदेश सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा बनाइएको समितिमा प्रदेशसभा सांसद परमेश्वर साह, जयनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रल्हाद गिरी सदस्य छन् ।

प्रदेश सभामा प्रस्तुत हुने नाम र राजधानीबारे प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि दलहरुसंग छलफल गर्न यो समिति बनाइएको संसदीय दलका नेता जितेन्द्र सोनलले बताएका छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *