Loading...
ओलीलाइ भनेको जस्तो गरेर उपेन्द्रलाइ बाबुरामले भने -“बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है !”

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् । पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भट्टराईको आरोप छ । ‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो ? के यही हो उसको जबज ?’, भट्टराईले ट्वीटरमा आक्रोश पोखेका छन् । उनले एमालेलाई कटाक्ष गर्दै अगाडि लेखेका छन्, ‘बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है !’ तर जसपा स्रोतका अनुशार पछिल्लो समय सरकारमा सहभागी देखि यता पार्टी अध्यक्ष उपेन्द्र यादब र बाबुराम बिच त्यति राम्रो सम्बन्ध छैन। सरकारमा सहभागी हुँदा बाबुरामलाइ खुशी पार्न उपेन्द्रले एक जना पहाडी मूलका नेतालाइ मन्त्रि बनाए पनि ३ वटा आफ्नै जातका (यादब) हरुलाई मन्त्रि बनाएका थिए। जुन कि पार्टीमा छलफल नै भएको थिएन। जसपा फुट्ने समय देखि नै बाबुराम मधेश र मधेशी बिरुद्ध बेला बेलामा नराम्रो तरिकाले उखान र अभिव्यक्ति दिदैं आएको बाबुरामले बढि उफ्रे आफनै धोति फुस्किन्छ ओलीलाइ भनेका हुन् कि उपेन्द्रलाइ यो चाहि मुख्य चर्चाको बिषय रहेको छ । किन भने धोति लगाउने ओली होइन उपेन्द्र नै हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *