Loading...
लोसपा थप बलियो पार्टी, माओबादि, जसपा र जनमत पार्टीका केन्द्रिय नेताहरुले गरे पार्टी प्रवेश

सरोज खिलाडी

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा अहिले पार्टी प्रवेश गर्नेको लर्को छ । पार्टी बनेको ६ महिना भित्र मै मधेशमा पार्टी प्रवेश गर्नेको लर्को छ । मधेशको एक मात्र मधेशी पार्टी भनेर पनि मधेशी नेता तथा कार्यकर्ताहरुले यो पार्टी मन पराएका छन् । प्रदेश २ मा प्राय लोसपाको पार्टी प्रवेश कार्यक्रम भै राखेको हुन्छ । यसै सन्दर्भमा आज लोसपामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डा.अम्बिका यादव, जनमत पार्टीको संस्थापक सदस्य प्रभाबशाली नेता जासेर यादव, जसपा नेपालको संघीय परिषद सदस्य शितल प्रसाद यादव र इंजिनीयर कृष्णदेव झा समेत पार्टी प्रबेश गरेका छन् । सबै नेताहरुलाई लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा लोसपा नेता डा सुरेन्द्र झाले टिका लगाई पार्टी प्रवेश गराउनु भएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *