Loading...
एमालेको लुटेरा, भ्रष्टाचारीहरु भुक्दैमा कराउँदैमा ५ दलिय गठबन्धन टुट्दैन – माधब नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’साथै उहाँले प्रधानमन्त्री शेर बहादुर देउवा सबै चुनाबमा गठबन्धन गर्न सहमत भएको दाबी समेत गरेका छन् । यही गठबन्धनले स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धनसँगै हुनेछ । नेता नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे । उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए । नेकपा एमाले अध्यक्ष केपी वलीलाई इङ्कित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अव तानाशाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे । उहाँले भन्नु भयो -” प्रधानमन्त्री शेरबहादुर देउवाले सबै चुनाबमा गठबन्धन गर्ने भन्ना साथ् एमालेको होस् हवास गुम भएको छ। एमालेले अहिले रुँदै कराउंदै, भुक्दै हिडिरहेको छ । भुकेर र गालि गरेर एमालेले आफ्नो चरित्र र हैसियत देखाएको छ ” .l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *