Loading...
उपेन्द्रले जसपालाई यादबको पार्टी बनाए भन्दै प्रतिनिधि सभा उम्मेदवार अधिकारी एमालेमा प्रवेश

२३ पुस, नुवाकोट । जनता समाजबादी पार्टी नेपालका नुवाकोट क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेद्वार उत्तम अधिकारी नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपा एमाले नुवाकोटको सातौ जिल्ला अधिवेशन शुक्रबार सदरमुकाम विदुरमा आयोजित कार्यक्रममा अधिकारी सहित जसपाबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्वागत गरेकी थिइन् l अधिकारीले संघिय अनलाइन संग कुराकानी गर्दै भन्नुभयो – उपेन्द्र यादबको नेतृत्वमा रहेको मधेशी जन अधिकारी फोरम नेपालले देश र जनताको लागि गरिएका प्रतिबद्धतालाइ लत्याउदै पार्टीलाइ केही ब्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाउने काम भयो । एकता प्रकृयाबाट आएका नेतृत्वहरु बिच एकले अर्कोको बिचमा जुधाउने र पार्टीलाइ नीति भन्दा आफ्नो कम्पनीको रुपमा चलाउने प्रकृयाले सामुहिक नेतृत्व र समाबेशी प्रतिनीधित्वको मान्यता बिपरित पार्टी र देशलाइ अनिर्णयको बन्दी बनाइ एक्लो रेसमा लम्कने प्रयास गरे l

प्रेस बिज्ञप्ति

प्रिय पत्रकार बन्धुहरु! नमस्कार/आज बाट अभिबादन !! न्याय,स्वतन्त्रता,समानता ,पहिचान,स्वभिमान र लोकतन्त्र प्राप्तिको आन्दोलन/बिद्रोहमा सहादत गर्नु हुने महान शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शहिद परिवार, बेपत्ता र घाइतेहरु प्रति सम्मान प्रकट गर्दछौं। नेपाली जनताको असिम बलिदानबाट प्राप्त उपलब्धिको रुपमा संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्नु भन्दा जाल झेल र षडयन्त्रपूर्बक बलिदानकोअपमान गर्दै मुलुकलाइ यथास्थितिको गोलचक्करमा फसाइ दलहरुको बिकल्पमा वा बैकल्पिकको नाममा पहिचान सहितको संघियता र संघियता सहितको संविधान (जतिय मुक्तिको लागि संघीयता बर्गिय मुक्तिको लागि समाजबद ) बनाउने सपना बोकेर इमान्दारीपूर्बक अगाडि बढ्ने संकल्प सहित मदेसी जन अधिकार फोरम नेपालदेखी जसपा सम्म तपशिलका हामी विभिन्न मितिमा पार्टीमा आबद्धता जनाएका थियौ। उपेन्द्र यादबको नेतृत्वमा रहेको मजफो नेपालले देश र जनताको लागि गरिएका प्रतिबद्धतालाइ लत्याउदै पार्टीलाइ केही ब्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाउने काम भयो।एकता प्रकृयाबाट आएका नेतृत्वहरु बिच एकले अर्कोको बिचमा जुधाउने र पार्टीलाइ नीति भन्दा आफ्नो कम्पनीको रुपमा चलाउने प्रकृयाले सामुहिक नेतृत्व र समाबेशी प्रतिनीधित्वको मान्यता बिपरित पार्टी र देशलाइ अनिर्णयको बन्दी बनाइ एक्लो रेसमा लम्कने प्रयास गरे अध्यक्षले। उनले सबै जातीय समुदायको संगठन बनाउने नीति बनाए पनि ब्राह्मणको सामुदायिक संगठन बनाउने अनुमति नदिएर ब्राह्मण समुदायको अपनत्वबिहिन पार्टी बनाए।पटक पटक पार्टी केन्द्रीय समितिको निर्णय बिपरित कार्यकारिणि समितिको बैठकको नाममा आफु खुसि निर्णय गर्दै अगाडि मात्र बढेनन् निर्वाचनमा टिकट बिक्रि समेत गर्न पछि परेनन्।आर्थिक रुपमा समेत पार्टीलाइ अपारदर्शी ढङ्गले चलाए। मदेसी जन अधिकार फोरम नेपाल, संघीय समाजबादी पार्टी र नयाँ शक्ति नेपालबिच एकता भए पछि पनि अध्यक्ष को रबैया बदलीएन मात्र होइन पार्टीले घोषित रुपमा लिएको पार्टी नीतिलाइ उल्लघन गर्न थालियो । पार्टीले लिएको विभिन्न क्लष्टरको नितिलाई उल्लघन गर्दै मात्रै ३ क्लष्टरको व्यबहारत (राई भट्टराई र तराइ )वकालत गर्न थाले। र अरुलाइ नस्लिय देख्ने यादब हालसम्म आइपुग्दा यादब बाहुल्य पार्टी बनाउन सफल भय । ससफो नेपालले यो २०७२ को संबिधानलाइ प्रतिगामी संविधान भनेर ६ महिना लामो आन्दोलन गरेर संविधान पुनर्लेखन गर्ने प्रतिबद्धता गरेको भए पनि नयाँ शक्ति संग पार्टि एकता भए पछि यो संविधान उत्कृष्ट संबिधानको जप जप्न थालियो र खाली गिलास वाला सरकार को उपप्रधान तथा स्वस्थ्य जनसंख्या मन्त्री र आधि गिलास वाला मिलेर आफ्नै गिलास भरियो । ओलि सरकार संग गरेको दुई बुदें सम्झौता सरकार बाहिर रहदाको छट्पटी मेट्ने प्रपन्च थियो । शोषित पीडित उत्पीडित बर्ग समुदाय र समुह माथिको धोका थियो । आजपनी पर्माबिदेसी कम्फटेबल सरकारम बसेर मुखमा राम राम बगलिमा छुरा प्रवृत्ति देखाइरहेका छन । पार्टीभित्र एकलकाटे र बहिस्कारबादी रबैयाले केही नेताहरुले १६ जनाको संसदीय दल भएकोमा १३ जनाले पार्टी बिभाजन गर्न लागेको अबस्थामा २०७७ साल बैसाख १०गते राति १२ बजे तत्कालिन राजपा नेपालसँग पार्टी एकता गरि जसपा नेपाल गठन गति बिभाजन रोक्न सफल भयो। पार्टी एकता पछि पार्टीका केन्द्रीय सदस्यहरुलाइ भूमिका बिहिन बनाएर ५१ जनाको केन्द्रीय कार्यकारिणी समितिलाइ मात्र निर्वाचन आयोगमा अभिलेखिकरण गरेर बैकल्पिक पार्टी बनाउने महान अभियानलाइ नीजि कम्पनी जस्तो प्राइभेट बनाउने दुस्प्रयास गरे पनि पार्टी समायोजन पछि ठिक हुने अपेक्षा गर्दै समायोजन प्रकृयामा सामेल भइयो।तर आ आफैं पार्टी कब्जा गर्ने रबैयाले अन्तत: पार्टी बिभाजनको माग राखेर निर्बाचन आयोगमा निबेदन दिन पुगे । तपशिलका हामीहरु आफ्नै दलको नेतृत्वमा सरकार बन्ने अवसरबाट पार्टीलाइ टाढा पुर्याएर आफैले प्रतिगामी भनिएकाहरुसँगको अप्राकृतिक सम्बन्धले पार्टीको घोषित नीतिलाई तिलाञजली दिएर सत्तास्वार्थका लागि प्रतिगामी देउवा-प्रचण्डको भातृसंगठनको रुपमा लैजानेहरुले आफ्नै पार्टी र नेकपा बाट प्रचण्ड र एमाले बाट माधब समुहको बिभाजन गराउन जोडबल गर्नेहरुको समुहमा बसेर पार्टी,क्रान्ति,देश र जनताप्रति गद्धारी गर्नु भन्दा आजकै मिति बाट नेकपा एमाले भएको घोषणा गर्दै( बहुल राष्ट्रिय राज्य स्थापार्थ राष्ट्रिय मुक्ति क्रान्ति जो एमाले चाहेमा मात्रै सम्भब छ )अझै बैकल्पिक बैचारिक दृष्टिकोण सहित बैकल्पिक र अझै उत्कृष्ट संंगठनात्मक संरचना र उत्कृष्ट प्रणाली एबम् उत्कृष्ट कार्यदिशा र उत्कृष्ट कार्यशैलि भएको पार्टी निर्माणका लागि आह्वान गर्दै आजबाट नयाँ राजनीतिक यात्रामा झण्डै तीन करोड देश बिदेशमा रहेका नेपाली जनताको आसा र भरोसाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालिको ब्याग्र चहानालाइ पूरा गर्न/ गराउन बिकास र रास्ट्रबादी पार्टी नेकपा एमालेमा समाहित भएको उद्घोष गर्दछौं। तपसिल :- १)उत्तम अधिकारी के स जसपा , महासचिव तथा प्रबक्ता समाजबादी ट्रेड युनियन महासङ नेपाल २)सिताराम तिमल्सिना नु जि सह सचीव ३)राजेस राई नु जि सदस्य ४)बिकास तामाङ नु जि सदस्य अन्य साथीहरू मिति:२०७८ पौष २३ गते रोज छ सुभम

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *