Loading...
सरकार किसान विरोधी मानसिकताबाट ग्रसित, पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर- महतो

सरोज “खिलाडी”

विगत दुई सातादेखि मलखाद, बिउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन नभएकोमा लोकतान्त्रिक समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले दुख ब्यक्त गर्नु भएको छ । एक बिज्ञप्ति जारि गर्दै प्रतिनिधि सभा सांसद समेत रहनु भएका नेता महतोले किसान आन्दोलनका माग सम्बोधन सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको भन्दै घोर भर्त्सना गर्नु भएको छ । उहाले भन्नु भएको छ – “किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको छ ।”


वर्षौदेखिको समस्याहरु लिएर चिसो मौसममा किसानहरु सडकमा उत्रिन बाध्य भएकोमा किसानहरुको मागको समर्थन र आन्दोलनप्रति एक्यबद्धता व्यक्त गर्दै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्ता संवादमार्फत किसानहरुको माग पुरा गर्न नेता महतोले सरकारसँग अनुरोध समेत गर्नु भएको छ ।
पूर्ब उप प्रधानमन्त्री समेत रहनु भएका महतोले आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था नेपाल सरकारलाई गर्न आग्रह गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *