Loading...
जसपाका महासंघका महासचिबसहित घरका सबै सदस्यलाइ कोरोना भएपछी पदबाट हटाइयो

जनता समाजबादी पार्टीका भातृ संगठन समाजवादी ट्रेड युनियन महासंघका महासचिब डिल्ली बहादुर राइ कोरोना संक्रमित हुनु भएको छ । उहाँले सामाजिक संजाल फेस बुकमा लिख्नु भएको अनुशार उनका घरका सबै सदस्यमा ओम्रिकोनको नया भेरिएण्ट देखा परेको छ । उहाँले लेख्नु भएको छ -” छोरा आज ५ दिन भो ढलेकाे, छोराको आमा/श्रीमति जी ४ दिन भएछ, म आफैं पनि आज ३ दिन भैसक्यो, यसो पानी तताएर दिदै थिईन छोरी सुम्निमा, उनी पनि आजबाट …ओम्रिकोन कि भाईरल ज्वरो हो ?” यति मात्र होइन उहाँले अगाडी लेख्नु भएको छ -” राजिनामा स्वीकृत भो रे, धन्यवाद महासंघका अध्यक्षलाई । यस्तोमा हेर्न अनि भेट्नु पनि परेन नि भुतपुर्व भै सके पछि ?????????” उहाँले किन राजिनामा दिनु भयो भन्ने कुरा नखुलाए पनि राजिनामा पत्रमा बिरामी परेर काम गर्न नसकेको खुलाउनु भएको छ । बिरामी परे पछि निको बनाउने कि पद बाट निस्कासन गर्ने यो प्रश्न उठ्न थालेको छ । भने डिल्लीका शुभ चिन्तकहरुले सामाजिक संजालमा आक्रोस पोखी रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *