Loading...
जसपा कै नेता बस्नेतले भने- “पार्टी फुटाउन खोज्ने मन्त्रि यादबको बचाउको तुक छैन राजिनामा देउ”

जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा बौद्धिक पेशाकर्मी महासंघका इन्चार्ज पूर्ण बस्नेतले गैर जिम्मेबार यातायात मन्त्रि रेणु यादब लाइ आफ्नो पार्टीले बचाउन खोज्नुको कुनै अर्थ नरहेको बताउनु भएको छ। शनिबार जसपाले मात्री यादबको बचाउमा बिज्ञप्ति जारि गर्दै सिके राउतका कार्यकर्तालाइ नै अराजक भनेका थिए। नेता बस्नेतले कुनै बेला पार्टी फुटाउन खोज्ने मन्त्रि यादबले कि त माफी माग्ने कि त राजीनाम दिनु नै उत्तम उपाय भएको बताउनु भएको छ। उहाँले सो कुराको जानकारी फेसबुक मार्फत दिनु भएको हो। उहाँले लेख्नु भएको छ -“मन्त्री यादवको अभिव्यक्ति गैर संसदीय, अराजनीतिक र अपराधिक छ । उक्त अभिव्यक्तिको बचाउ गर्नुको कुनै तुक छैन । नैतिकताका आधारमा अधिकतम राजिनामा वा न्युनतम आत्मालोचना गर्नु नै उत्तम हुन्छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *