Loading...
रथ दुर्घटनाका दलित परिवारलाई मुख्यमन्त्री राउतको जवाफ- “सहयोग गर्न बजेट छैन”

बाराका आदर्श कोतवाल गाउँपालिका वडा नं.३ बतरा टोलमा जयन्ती जाने बेलामा रथ गाडीबाट दुघर्टना भई निलम कुमारी राम र बालकुमारी राम घटना स्थलमै मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए l २ जनाको आवस्था नाजुक रहेको छ  l जसमध्ये ८ जना राज लझमी रिलिफ होस्पिटल कलैया र ६ जनाको बीरगँज न्यूरो होस्पिटलमा थप उपचार भइरहेको छ। सो घटनामा परेका घाइते पिडितहरुलाई भेटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय नेता सँजय यादव र बडा अध्यक्ष धर्मेन्द्र यादव र पार्टीका यूवा नेता अरबिन्द यादव लगायतले अस्पतालमा पुगि बस्तुगत स्थिति बुझि घाइते पिडितहरुको उपचारमा कुनै किसिमको कमी नहुन दिन अस्पतालका डाक्टरका टिम तथा अस्पतालका ब्यावस्थापन टिम सँग आग्रह गरिनु भएको छ भने घाइते पीडितहरु लाई संतवना दिदै आत्म बल बढाउनु भएको छ ।

घटनाका पिडित ति सबै गरिब तथा दलित भएको हुनाले आर्थिक सहयोग सरकार बाटै हुनु पर्ने लोसपाका युवा नेता यादब को भनाइ रहेको छ । “स्थानीय जनता वा नेताले सहयोग अपुग भएको हुनाले मुख्यमन्त्री संग कुरा कानी गर्यौ उहाँले ठट्टा मा यो घटना लाइ उडाइ दिनु भयो नेता यादबले बताउनु भएको छ।” नेता यादबले पिडित परिवार लाइ सहयोग गर्न तिनै तहको सरकार, नेपालका दलित आयोग तथा दलित समुदायको सँघ संस्था संग माग गर्नु भएको छ । नेता यादबले आक्रोश ब्यक्त गर्दै भन्नु भयो -” प्रदेश, केन्द्र सरकार र नेपाल का दलित आयोग, दलित समुदायको सँघ संस्था कानमा तेल हालेर बस्नुले दुखित बनाएको छ । साथै उहाँले भोटको बेला मा घरमा धाउने र अहिले दलित परिवारलाइ नहेर्ने मुख्यमन्त्री लाल बाबु राउतलाइ निक्कम्मा मुख्यमन्त्रीको संज्ञा दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *