Loading...
मृतक दलित परिवारलाइ प्रदेश सरकारले सहयोग नगरे संसद अबरुद्ध गर्ने सोनलको चेतावनी

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं ०३ टोल बतरामा माघ १० का दिन लझु महराको छोरा जयराम महराको बिहेमा आएको रथ दुर्घटनामा परि बालकुमारी राम र निलम कुमारी राम घटना स्थलमै मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए । जसमध्ये १ जनाको काठमाडौं अस्पतालमा र अरु घाइतेको बिरगंज न्यूरो अस्पताल, राज लझमी अस्पताल कलैयामा उपचार भैरहेको छ । घाइते र मृतक दलित तथा गरिब परिवार का रहेका छन् । मधेश प्रदेश का मुख्यमन्त्री लाल बाबु राउत ले आफू संग कुनै बजेट नरहेको र सहयोग गर्न नसकिने बताएका छन् । सहयोग त परै जाओस मृतक परिवार लाइ भेटेर सान्तंवा दिने समेत फुर्सद मुख्य मन्त्रि संग छैन। त्यस घटना लाइ लिएर संघीय अनलाइन ले दिनहु समाचार सम्प्रेषण गरेपछि थोरै भएपनि सहयोग हरु अलि अलि उठन थालेको छ । संघिय अनलाइन मा समाचार सम्प्रेषण पछि आदर्श कोतवाल गाउँ पालिकाका मेयर मुस्तफा अन्सारीले मृतक परिवारलाइ २५ -२५ हजार र दुर्घटनामा परि घाइते भएकालाइ उपचार स्वरुप ५० हजार खर्च दिनु भएको छ भने सिमगढ नगरपालिकाको मेयर विजय शंकर यादबले समेत सहयोग गर्नु भएको छ । यसै सन्दर्भमा आज लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रदेश अध्यक्ष, तथा सँसदीय दलका नेता एवम पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मृतक तथा घाइतेका घरमा पुगि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट ५०००० (पचास हजार) सहयोग गर्नुभएको छ। उहाँले प्रदेश सरकारका मुख्य मन्त्री दलित समुदायको बस्तीनै सोकमा डुबेको बेला सहयोग नगरी कानमा तेल हालेर बस्नु दुखित कुरा भएको बताउनु भएको छ। त्यहाँ उपस्थित समुदायमा बिपझी दलका नेताको हैसियतले मृतक र घाइते परिवारको लागि प्रदेश सरकार सँग जोडदार माग गर्नु भएको छ भने दलित समुदायको आवाज नसुने संसद समेत अवरुद्ध गर्ने चेतावनी दिनु भएको छ । उहाँका साथै लोसपा नेता सँजय यादव, आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तफा अँसारी,बडा अध्यक्ष धर्मेन्द्र यादव र लोसपा आदर्श कोतवाल गाउँपालिका अध्यक्ष जगत कुशवाहा,यूवा नेता अरबिन्द यादव, नेता रामबाबु यादव, प्रेम लाल साह,मगनी राम, रामबाबु चौधरी, शम्भु राम,चनरदेव राय,कमलेश कुशवाहा, कामेश्वर यादव, श्याम यादव, सिकेनदर यादव,राजमोहन साह लगायतका उपस्थिति रहेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *