Loading...
यी सांसद (नाम सहित) भट्टराइको पक्षमा ! बहुमत पुगेपछि यादब भौतारिंदै सांसदहरुको घर घरमा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउन नमानेपछि पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष आफू बलियो बन्न पार्टीका कार्यकारिणी सदस्य तथा सांसदहरु तान्न मा व्यस्त बनेका छन् ।
अध्यक्ष भट्टराई पार्टीमा बहुमत पुर्‍याउनका लागि पार्टीका सांसद तथा कार्यकारिणी सदस्यहरूलाई आफ्नो कोल्टामा तान्ने प्रयासमा लागेका छन् । संसदीय दलमा आफ्नो बहुमत पुर्‍याइसकेका भट्टराई पार्टीभित्र पनि बहुमत पुर्‍याउने कसरतमा लागेको छन् । डा.बाबुराम भट्टराईलाई साथ दिने सांसद हरु को नाम यस प्रकार रहेका छ ।
महेन्द्र राय यादव
राजकिशोर यादव
प्रमोद साह
अमृता अग्रहरी
नरमाया ढकाल
रुही नाज
मृगेन्द्रकुमार सिंह यादव
रानी मण्डल
रेणुका गुरुङ
त्यस्तै, उपेन्द्र यादव पक्षका इस्तियाक राइ र प्रदीप यादवले पनि डा.भट्टराईलाई साथ दिएका छन् । अध्यक्ष उपेन्द्र यादव पक्षकै डा.सुरेन्द्र यादवले समेत अध्यक्ष भट्टराईलाई साथ दिने भएको छ । अध्यक्ष यादव पनि आफ्नो सांसद तथा नेता जोगाउन दौडधुपमा छन् । अध्यक्ष यादव पक्षका नेताहरू सांसद तथा कार्यकारिणी सदस्यका नेताहरू घरघर पुगेर उनीहरूलाई फकाउने प्रयास गरिरहेका छन् ।

जसपा नेपालमा १९ जना सांसद छन् त्यसमध्ये डा.बाबुराम भट्टराईको पक्षमा १२ जना सांसद पुगेको दाबी गरिएको छ । सांसदबाट पार्टी विभाजन गर्न आठजना सांसद चाहिए पनि बाबुराम पक्षमा १२ जना सांसद रहेका छन् ।

त्यस्तै, पार्टीको कार्यकारिणी समितिमा पनि आफ्नो बहुमत रहेको बाबुराम पक्षको दाबी छ । ३५ जना केन्द्रीय कार्यकारिणी समितिमा १८ जना आफ्नो पक्षमा रहेको दाबी बाबुराम पक्षको भनाइ छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *