Loading...
जसपा फुट्ने निश्चित, हिसिलाले गरिन नयाँ पार्टि दर्ता, नाम “समावेशी लोकतान्त्रिक पार्टी !”

सरोज “खिलाडी”

अन्तत जनता समाजबादी पार्टी नेपाल फुट्ने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादबले सम्पूर्ण अधिकार आफ्नो हातमा मात्रै राखेर मनोमानी ढंगले पार्टी चलाउन थाले पछि जसपा फुटको संघारमा पुगेको छ। केहि दिन अगाडी जसपाका केन्दिय नेताहरु यादब सहित संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, बरिष्ठ नेता अशोक राइ तथा राजेन्द्र श्रेष्ठ लाजिम्पाटमा बिबाद मिलाउने भनि बसेका थिए। तर बिबाद सामाधान भएन र बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । स्रोतका अनुसार बैठकमा उपेन्द्रको चर्को आलोचना समेत भएको थियो । डा. भट्टराई अशोक राइलाइ जसपाका तत्कालिन अध्यक्ष महन्थ ठाकुरको ठाउँमा अध्यक्ष बनाउन चाहन्छन तर उपेन्द्र र उनका निकटका नेताहरुलाइ एकल अध्यक्ष मात्र मन परेको हुनाले जसपा फुटको संघारमा पुगेको हो। यसै बिच जसपाका केन्द्रिय सदस्य पूर्ण बस्नेतले सामाजिक संजाल फेस बुकमा आफ्नो कुरा पोस्ट गर्दै जसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्य हिसिला यमीले पार्टीकै केन्द्रीय सदस्य फडिन्द्र देवकोटामार्फत दिपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको जानकारी दिनु भएको छ। त्यसैगरि पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भारतीय राजदुताबासमा सुटुक्क जानु भएको र बबरमहलमा रहेको तत्कालिन नयाँ शक्ति पार्टीको पार्टी कार्यालय संचालनार्थ सरसफाई भै रहेको समेत जानकारी दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *