Loading...
जसपा फुट्ने मिति घोषणा, तिकुने पार्टी प्यालेशमा घोषणा गर्ने बारे नेता बस्नेतले गरे खुलाशा

सरोज “खिलाडी”

जनता समाजबादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादब ले फागुन १३ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्नु भएको छ भने बैठक बस्नु अगावै पार्टी फुट्ने जानकारी प्राप्त भएको छ । उक्त बैठक राख्नु को कुनै औचित्य नभएको समेत एक नेता ले बताएका छन् । बैठक १३ गते बोलाइएको छ भने जसपा ११ मै फुट्ने भएको छ । जसपा का संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भट्टराई पक्षकाहरुको भेला फागुन ११ गते बस्ने भएको छ । जसपा का केन्द्रिय सदस्य तथा युवा नेता पूर्ण बस्नेत ले आज बिहान सामाजिक संजाल फेस बुक मा दिएको जानकारी अनुशार पुर्व नयाँ शक्तिकहरुले आफू निकट का नेताहरुलाई फाल्गुन ११ गते तिनकुने पार्टि प्यालेश मा बैठक बोलाएका छन् भने त्यसैदिन एमसीसी पास गर्ने अनि पार्टी फुटाउनेबारे निर्णय हुने भन्ने सूचना प्राप्त भएको छ ।


पार्टी फुटको संघारमा पुगेको बेला एक पक्षले अर्को पक्षमाथि आरोप प्रत्यारोप गरिरहेको बेला बस्नेतले उक्त कुरा लेखेका हुन्। उपेन्द्र यादवले फागुन १३ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् भने बस्नेतले ११ गते नै पार्टी फुट्ने भनि स्टाटस राखेपछि जसपा फेरी एकपटक तरंगित बनेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *