Loading...
सरकारमा गएको ५ महिनामा उपेन्द्रको उपलब्धि जिरो, मुद्धा सम्बोधनका लागि महन्थ-राजेन्द्र दौड्दै

प्रधानमन्त्री शेर बहादुर देउवाले तराइमा देखिएको नागरिकताको समस्या सामाधान गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। लोकतान्त्रिक समाजबादीका नेताहरु संग शनिबार भएको भेटमा उहाले सो कुरा बताउनु भएको हो।

लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई छिट्टो भन्दा छिट्टो मधेशमा रहेको नागरिकताको समस्या समाधान गर्न दबाब दिएका छन्। त्यति मात्र होइन उहाँहरुले मधेश आन्दोलनको बेला लगाइएको झुट्टा मुद्धा फिर्ता लिन समेत देउवालाइ दबाब दिएका छन् । साथै मधेश आन्दोलनका घाइते लागायतलाइ क्षतिपूर्ति दिन समेत माग गरेका छन् ।

यता ५ महिना पहिले सरकारमा सहभागी जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादब मधेशको मुद्धा बिर्सेर पार्टीको आन्तरिक कलहमा फसेका छन् भने सरकारबाट बाहिरंदा मधेशको मुद्धा जोडदार रुपमा उठाएर आन्दोलन गर्ने गरेका छन् । भेटमा प्रधानमन्त्रीले चाडैं नै समस्या सामाधान गर्ने बिश्वास दिलाउनु भएको प्रधानमन्त्रीका स्वकीय सचिब भानु देउवाले बताउनु भएको छ। देउवा संग लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, बरिस्ठ नेता राजेन्द्र महतो नेता सर्बेन्द्र नाथ शुक्ला लगायतले भेट गरेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *