Loading...
सरकारलाइ समर्थन गर्ने कि फिर्ता लिने बारे छलफल गर्न लोसपाले बोलायो बैठक (बिज्ञप्ति सहित)

संघीय सरकारलाइ दिएको समर्थन राख्ने कि फिर्ता लिने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बैठक बोलाइएको हो । सो बैठकमा संघीय सरकारलाइ दिएको समर्थन राख्ने कि फिर्ता लिने विषयमामा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने जानकारी प्राप्त भएको छ ।
लोसपाको बैठकमा स्थानीय चुनावका सम्बन्धमा पार्टीको रणनीतिको विषयमा पनि छलफल हुनेछ । जसपाले हालै मधेश प्रदेश र लुम्बिनी प्रदेशमा चारवटा प्रशिक्षण कार्यक्रम सकाएको छ । त्यसको पनि समीक्षा हुने बताइएको छ । मधेश आन्दोलनको समयमा लगाइएको झुट्टा मुद्धा फिर्ता लिने, नागरिकताको समस्या समाधान गर्न लोसपा अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो लगायतले प्रधानमन्त्री देउवा लाइ पटक पटक भेटि स्मरण गराउदै आएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *