Loading...
स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी पार्टी समितिलाई दिने लोसपाको निर्णय

१७ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बिहीवार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै पनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।

स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानिय पार्टी समितिलाई अधिकार दिइएको छ ।

गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी भने प्रदेश र जिल्ला समितिलाई दिइएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *