Loading...
मेयरको सेटिङ्गमा सांसद साह माथि आक्रमण, प्रहरीको निकम्मापनले अंगरक्षको पेस्तोल बेपत्ता

सरोज “खिलाडी”

क्लब घर सारेर बाटो फराकिलो बनाउने विषयमा झडप हुँदा जसपाका सांसद तथा पार्टीका मुख्य सचेतक प्रमोद साहको टाउको फुटेको अबस्था गम्भीर हुँदा उनको उपचार अहिले काठमाडौँको मेडिसिटि अस्पतालमा भैरहेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक छुट्टाएर बाँकी जग्गामा फुलोजर युवा क्लबको भवन बनाउने कि बाटो विस्तार गर्ने विषयमा झडप भएको हो।

साहले आफूमाथि योजनावद्ध ढंगले आक्रमण भएको उल्लेख गरेका छन् । पछाडिबाट अचानक धारिलो हतियारले आफूमाथि प्रहार भएको उनले बताएका हुन्। गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेर साहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले घटनाको छानबिन गरी दोषीउपर कारबाही हुने बताएका छन् । संघिय अनलाइन संग कुराकानी गर्दै सांसद साहले भन्नुभयो – “त्यहाँको स्थानिय सरकार (मेयर) र पुलिस प्रशासनको मिलेमतोमा योजनाबद्ध रुपमा म माथि आक्रमण गराइएको हो। यसमा सबै भन्दा बढि भूमिका इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी अधिकृत जनकराज ढुंगेलले खेल्नु भएको छ ।

एक पत्रकारले सोधेको प्रश्नमा प्रहरी अधिकृत जनकराज ढुंगेलले अंगरक्षकको पेस्तोल आफूहरु संग भएको दाबी गरेको भिडियो बाहिरिएको छ जबकी साहका अंगरक्षकले पेस्तोल आक्रमणकारीले खोसेर लगेको समेत भिडियो बाहिरिएको छ । यसले पनि अधिकृत जनकराज ढुंगेल झुटो बोलेको पुष्टि हुन्छ । आखिर पेस्तोल कहाँ छ, कसले बेपता बनायो यो प्रश्न गम्भीर छ ।
सांसद साहले सांसद माथि आक्रमण गरि अंगरक्षकको पेस्तोल खोसेपानी अपराधीलाइ समात्न नसक्नु पुलिस प्रशासनको कायरता भएको बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *