Loading...
सरासर ढाट्दै समातिए प्रहरी अधिकृत ढुंगेल, अंगरक्षकले खोले पोल, प्रशासन मौन (भिडियो सहित)

सरोज “खिलाडी”

क्लब घर सारेर बाटो फराकिलो बनाउने विषयमा झडप हुँदा जसपाका प्रतिनिधि सभा सांसद तथा पार्टीका मुख्य सचेतक प्रमोद साह माथि ज्यान लिने हमला भयो । सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक छुट्टाएर बाँकी जग्गामा फुलोजर युवा क्लबको भवन बनाउने कि बाटो विस्तार गर्ने विषयमा एमालेका कार्यकर्ताले योजना बद्ध रुपमा कुनै कुरै नगरी पछाडि बाट आएर ज्यान नै लिने गरि हमला भएको प्रत्यक्ष दर्शी स्थानीय हरु ले बताएको छ । तर दुर्भाग्य यति ठूलो घटना घट्दा पनि पनि पुलिश प्रशासन चुप लागेर बसेको छ । यसै बीच यस घटना को बारेमा जानकारी दिंदा झूटो बोल्दा बोल्दै इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी अधिकृत जनकराज ढुंगेल समातिएका छन् । किन र कसरि कसको आडमा अधिकृत जनकराज ढुंगेल झूटो कुरा मिडियालाइ बताईरहेको छ यो गम्भीर बिषय उठेको छ । अधिकृत ढुंगेल भन्छन -“हतियार हामि संग छ जब कि सांसदका अंगरक्ष बिनोद यादबले हतियार खोसेर लागेको बताईरहेका छन् । यसले के पुष्टि गर्छ भने ढुंगेल कसैको इशारामा काम गरिरहेका छन् । तर पुलिस प्रशासनले कारवाही गर्नुको साटो चुपचाप बसेर अपराधलाइ बढावा दिइरहेका छन् । सुन्नुहोस दुवै जनाको भिडियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *