
सरोज “खिलाडी”
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादव (बारा) ले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप नेता यादवको रहेको छ । त्यस्तै लोसपाका केन्द्रिय कार्यकारिणी सदस्य तथा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का प्रवक्ता समेत रहेका कृष्ण सिंहले समेत १ हप्ता अगाडी नेपाली कांग्रेसमा प्रवेश गरि सक्नु भएको छ। हिजो मात्र मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् । त्यसतै अहिले लोसपा छाडेर अरु पार्टीमा जाने परिपाटी नै बनेको छ । नेता संजय यादब भन्नु हुन्छ – “पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको छ । उनका अनुशार पार्टीमा सक्षम हेरेर जिम्मेबारी दिइदैन बरु कसले बढि चाकरी गर्छ उसले मात्र जिम्मेबारी पाउने हो। यसरी पार्टी नचल्ने उनको भनाइ रहेको छ । उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् । उनी तत्कालीन राजपाको सह महामन्त्री थिए । लोसपा बनेपछि हालसम्म कार्यकारिणी समितिबाहेक अरू कुनै समिति बनेको छैन । त्यसमा पनि उनको गुनासो रहेको छ । उनी एमाले पार्टीमा जाने तयारी गरिरहेका छन् । स्रोतका अनुसार नेता यादवले एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग पटक–पटक छलफल गरेका छन् । केही दिनमै उनी एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ । त्यसतै सर्लाही सहित अन्य जिल्लामा पनि लोसपा छाड्नेको लर्को छ । यसरी नै पार्टी छाड्दै जाने हो भने लोसपाको भबिष्य अन्धकार रहेको स्वंग लोसपा कै नेताहरु बताउछन। नेता यादब लोसपा बाट प्रदेश सांसदका उम्मेदवार समेत थिए l
Facebook Comments