Loading...
इटहरीमा जसपालाइ पत्याएन सत्ता गठबन्धन, एउटा पनि वडा सदस्य नदिएपछि एक्लै भिड्दै

१७ वैशाख, इटहरी । स्थानीय तह निर्वाचनमा इटहरी उपमहानरपालिकामा पाँच दलीय गठबन्धन धरमराएको छ । जनता समाजवादी पार्टी बाहेक सत्तारुढ ३ दलको मात्र गठबन्धन बनेको छ l

नेपाली कांग्रेसले मेयरसहित १७ वडा, नेकपा एकीकृत समाजवादीले उपमेयरसहित १ वडा र माओवादी केन्द्रले भने २ वडाध्यक्ष सहित १७ जना वडा सदस्य पाएको छ ।

सहमति हुनु अगावै उम्मेदवार दर्ता गराएको जसपाले भने वडामा कुनै भाग नपाएपछि मनोनयन फिर्ता लिएन ।

मेयरमा जसपाका इटहरी अध्यक्ष डिल्लीप्रसाद लिम्बु र उपमेयरमा योसा गुरागाईंले र १८ नम्बरमा उपेन्द्रकुमार चौधरी र ११ नम्बरमा जयनारायण चौधरी वडाध्यक्षको उम्मेदवार छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *