Loading...
मतदान अपडेट : आज कहाँ कहाँ र किन भयो झडप, आगजनी, फायर र मतदान स्थगित ?

३० वैशाख, काठमाडौं । जुम्लाको गुठचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ। दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ।

त्यसैगरी जुम्लाको गुठचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ। दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ।

यता सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुने भएको छ । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने भएको हो । तर स्थगितको औपचारिक निर्णय हुन बाँकी छ । ‘त्यहाँ मतपत्र छरिएको छ । सबै मतपत्र बटुल्दा पनि असन्तुष्ट पक्षले विश्वास गर्ने र फेरि मतदान चालु गरेर आजै टुंग्याउने अवस्था रहेन’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ । आज सम्भव हुँदैन ।’

उता हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस-माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो  l

त्यसैगरी रौतहटको गढीमाई नगरपालिका-३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ । उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो । यस्तै गढीमाई नगरपालिका-६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको हो।

यता फर्जी मतका विषयमा विवाद हुँदा साँफेबगर नगरपालिका–११ बाब्लामा मतदानस्थलमा झडपका क्रममा तीन जना घाइते भएका छन् ।

कांग्रेस–समाजवादी गठबन्धन र नेकपा (एमाले) पक्ष बीचमा झडपका क्रममा शिक्षक तिलक कुँवरसहित तीन जना घाइते भएका स्थानीय मिनबहादुर कुँवरले जानकारी दिए । ढुंगा प्रहारबाट टाउकोमा चोट लागेका तिलकसहित तीनै जनाको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । धनकुटा । मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबी विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया रोकिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-९ स्थित विषहरपुर मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । एक जना मतदाताको साथबाट दुई वटा मतपत्र फेला परेपछी विवाद चर्किएको थियो ।

बझाङको मष्टा गाउँपालिका-५ द्वारिकानाथ आधारभूत विद्यालयमा चार पटक सम्म झडप भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले वृद्धवृद्धा मतदाताको मत आफैं हालिदिएको भन्दै एमालेले विरोध जनाएपछि पटक पटक झडप भएको हो । झडप भए पनि मतदान स्थगित भएको छैन ।

त्यसैगरी पाँचखाल नगरपालिका-१३ मा मतदान स्थलमा तोडफोड भएको छ ।सीता माध्यामिक विद्यालयको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले नेकपा एमालेसम्वद्ध एक जनालाई ४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरूले विरोध गरेका छन् । उनीहरूले मतदान स्थलमा राखिएको डेक्सबेञ्च तोडफोड गरेका छन् । अहिले मतदान स्थगित गरिएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीचको विवादका कारण गोरखाको गण्डकी गाउँपालिका–६ को बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान रोकिएको छ । माओवादी कार्यकर्ताले लाठी लिएर आएको विषयमा दुई पार्टीबीच विवाद भएपछि केही समयलाई मतदान प्रक्रिया स्थगित गरिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *