Loading...
मन्त्री पड्काउनेहरुको दोगला चरित्र र सत्ता लिप्सामा परि संगठनमा फुट हाल्ने ! – ठाकुर
अधिवक्ता बिरेन्द्र ठाकुर
जय मातृभूमी
संगठनहरुको आन्तरिक राजनितिमा खेल्ने व्यक्तिलाई नेता नेता भन्दै एक दलमा ४।५ जना उच्च वरिष्ठ तरिष्ठ भरिष्ठ फलिष्ठको रुपमा संगठनकर्ता , सुचनादाता , विदेशीको दलालीकर्ता जस्ताको जमात जुनसुकै दलमा एकै प्रकृतीको दलाल पुँजीपतीको आसेपासेहरु दलहरुको छातामुनी ओत लाग्ने मौका पाएका छन ।
मन्त्री सन्त्री पडकाउनेहरुको दोगला चरित्र र सत्ता लिप्सामा परि संगठनमा फुट हाल्ने एकलाई अर्को विरुद्ध कानभर्ने कार्य भै आएको कारणले न त नयाँ पुस्ताले मौका , न सँगठनले नै वास्तविक शक्ति आर्जन गर्ने सक्यो । रोगले ग्रसीत पार्टीहरुमा व्यक्तिको र प्रभुत्वको हौवाको कारणले आज दलहरु दलदलमा फसेको जस्तो लाग्ने यस्तो अवस्थामा कुनै जेलेन्कीको जन्म हुने जस्तो हाउगुजी पिटनुको अर्थ छैन । यहाँ त्यस्तो मानिसलाई जनताले नै लखेटेर सिध्याउनेछन । हेक्का रहोस ।
यथास्थितवादीहरु धेरै हौसिनु पदैन । मदनको उदय र प्रचण्डको प्रलय, बाबुरामको विलय र उपेन्द्रको उदय यि सव सम्भावना विगतमा देखाएको हो तर अन्धोले छामेको हात्ती फलादेश फलि ज्योतिषको संख्या वढाएको भन्दा अन्य भिमाकारमा कहि कहि कतै केहि देखिदैन । हात्तीको समानान्तरमा रहेर यसको बिसालता थाहा पाउन सकिदैन । हात्तिको आकार प्रकारले हात्तीको पुर्ण रुप देख्नलाई अलि उच्च ठाँउबाट नै हेर्नू पर्छ है ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *