
काठमाडौँ महानगर पालिका वडा न १६ का नवनिर्वाचित वडा अध्यक्ष मुकुन्द रिजालले मेयर बालेन्द्र साह संग मिलेर काम गर्न तयार रहेको बताउनु भएको छ । अहिले सामाजिक संजाल मा उहाँले मेयर बालेन्द्र साहले नमानेको र मेयर साहलाइ सहयोग नगर्ने हिसाबको भिडियो सार्वजनिक भैरहेको छ । उहाँले संघिय अनलाइन संग कुराकानी गर्दै भन्नुभयो – परिचय कै क्रममा मैले सबै भन्दा पहिले हामी जितेर आइसके पछि कांग्रेस एमाले होइन मिलेर काम गर्नुपर्छ, मेयर साबलाइ सहयोग गर्न तयार छु भनेको थिए । तर प्रस्ताब भन्दा अगाडी नै कार्यकारिणी अधिकृत पौडेलले एजेन्डा पास भयो भनेर भन्दा पहिला प्रस्ताव गर्न सुझाएको थिए जसलाई प्रायोजित मिडियाहरुले गलत ढंग बाट प्रचार गर्यो। अध्यक्ष रिजालले फोहोरमैला व्यवस्थापन देखि महानगर वासीको जुन सुकै काम गर्न सबै भन्दा पहिला आफू तयार हुने समेत बताएका छन् । उहाँले मेयर वा कसैको बिरोध गरेको होइन, प्रक्रिया गलत भएको मात्र भनेको जिकिर गर्नु भएको छ । रिजाल गत स्थानीय चुनावबाट लगातार दोस्रोपटक निर्वाचित बनेका हुन् ।
Facebook Comments