Loading...
देशको लागि छातीमा गोलि थाप्ने र देशको माया लागेर धुरूधुरू रुने एमाले बाहेक अरु छैन – ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन्। अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकिर समेत गरे।

उनले एमालेबाहेक अन्य दलले ‘समृद्ध नेपालः सुखी नेपाली’ भनेको सुन्नु भएको छ? भनि प्रश्न समेत गरे। अध्यक्ष ओलीले भने, ‘सबै नेपालीले देशलाई माया गरे पुग्छ। देशलाई  माया गर्नु भनेको समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्नु हो। सही सत्य कुरा के हो भने–राजनीति भन्दा बाहिर गएर, माथि उठेर सही सत्य कुरा के हो भने–देशलाई माया गर्नुहुन्छ भने, देशलाई बनाउनु छ भने देशलाई मानव उचित बनाउनु छ भने, देशलाई मानव समाजजस्तो बनाउनु छ भने, विकसित, सभ्य, आधुनिक नेपाल निर्माण गर्नुछ भने एमाले बाहेक अरूले अगुवाइ गर्न सक्दैन। उनले थपे, ‘देशलाई माया गर्नेबित्तिकै एमाले आफैं मकैका घोघाझैं हुन्छ। त्यो माया एमालेको भागमा स्वत: पुग्छ। खाली यो सच्याइमात्रै मैले कलाकार साथीहरूलाई भनेको हुँ।’

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरूको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *