
काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिकाको बैठक सपन्न भएको छ । बैठकले स्मार्ट शौचालय देखि विभिन्न निर्णय गरेको छ । यसैबीच बैठकले आफ्नो बोल्ड निर्णयका कारण चिर परिचित वडा न १६ का अध्यक्ष मुकुन्द रिजाललाइ महानगरको महत्त्वपूर्ण पूर्वाधार समितिको संयोजक समेत चयन गरेको छ । रिजाल त्यहि वडा अध्यक्ष हुन्ने जसले आफै सडकमा आएर आफ्नै पहलमा बालाजुमा थुप्रिएको फोहोर उठाउन पहल गरेपछि उनको कामको सर्वाधिक प्रसंसा समेत भएको थियो। आफ्नो बोल्ड निर्णय र अडानले परिचित अध्यक्ष रिजाल दोस्रो पटक पुन वडा न १६ को अध्यक्षमा निर्वाचित समेत भएका छन् । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रिय सभापति समेत रहनु भएका अध्यक्ष रिजाललाइ भेटन मेयर बालेन साह समेत उनको घर पुगेका थिए ।
Facebook Comments