Loading...
उपेन्द्र यादवलाइ लोसपा नेता मेहताको खुला पत्र ! यस्तो छ आत्मालोचनाको कथा !
खुला पत्र
आदरणीय उपेन्द्र सर, एउटा सार्वजनिक अन्तर्वार्तामा फेरि एकताको कुरा गर्नु भएछ, लोसपाको नेताकार्यकर्ता सबैलाई समिक्षा गरि एकताको निम्ति अह्वान गर्नुभएको रहेछ, जय होस !
लोसपाको एउटा कार्यकर्ताको हैसियतले केही समिक्षा र प्रतिक्रिया दिन मन लाग्यो :-
१) हजुरले भने झै समिक्षा त जरुरी छ ! हामि सबै ले गर्नै पर्छ! आत्मलोचना पनि गर्नु पर्छ ! तर समिक्षा पहिलो मधेस आन्दोलनबाट सुरु गरौ!
संगै आन्दोलन पछि एक्लै एक्लै चुनाव किन लडियो! त्यसले मुद्दालाई नोक्सान भयो कि भएन ? अभुतपुर्व संयुक्त आन्दोलन पश्चात् २०७० सालको स्थानीय चुनाब मिलेर बहिस्कार गर्ने भनेर संयुक्त निर्णय गरि, सुटुक्क एक्लै किन लडनु भयो ? त्यो पनि समिक्षा गरौ ।
२०७० को प्रदेश र संघ को चुनाब तत्कालीन राजपामा रहेका आफ्नो सहयोगि मार्फत बढि सिट लियर गठ्बन्धन गर्नु भयो, तर चुनाब पछि केन्द्रमा तथाकथित २ बुन्दे सम्झौता गरि ओलि सरकारमा के का लागी जानु भयो ? यस्को पनि समिक्षा गरौ ।
२). मधेस आन्दोलनका केही दाइत्वहरु पूरा गर्नु आवश्यक थियो, मधेसको माग सम्बोधन जुन पार्टी/सरकारले गर्छ, त्यसलाइ सहयोग गर्ने हो, भनेर तपाईं समेत भनेको होइन, प्रम ओलिसंग तपाईं समेत वार्ता गर्न गएको होइन ? महन्त-राजेन्द्र नेतृत्वले नागरिकता बिधेयक ल्याउने, रेशम चौधरी छुटाउने, आन्दोलनमा लागेको झुठा मुद्दा फिर्ता गर्ने, संविधान सन्सोधनको लागि कार्यदल बनाउने आदि काम गराउने प्रयास गर्यो, तपाईले साथ दिएको भए सफल हुन्थ्यो होला, तर तपाईं आफु पनि नगर्ने र अरुले गरेको देखि नसहने, सहयोग नगर्ने ? यो सबैको निर्मम समिक्षा गरौ !
३). मेरो समुहलाइ अधिकारिकता दिलाइ दिनु पर्यो भनेर पार्टी फुटाउने निवेदन निर्वाचन आयोगमा हजुरले दिनु भएको होइन ? पछी दुबै समूह एउटै तत्कालीन राजनीतिक लाइनमा (देउवालाई मत दिने लाइन) आइपुगे पश्चात पनि पार्टी फुटाउने परेड तपाईंले नै खेल्न लगाएको होईन ? त्यसपछि श्रदेय महन्त ठाकुर, राजेन्द्र महतो लगायतका नेतालाई बहुमतको आडमा कार्यवाही गरेको होइन ? साच्चै नै वहाँहरु पार्टी फुटाउन चाहेको भए ६०% बढी सांसदहरुको समर्थन र ४५% बढी कार्यकरणीमा बहुमत भएको बेला पहिला पार्टी फुटाउनु हुन्थ्यो अनि सरकारमा जानू हुन्थ्यो होला ! तर उहाँहरु पार्टी फुटाउने नीति लिनु भएन, तपाईं आफै पार्टी फुटाउने अनि आरोप महन्त-राजेन्द्रहरु माथी, कति झुठ कुरा गर्न सक्नु भएको होला!
आफ्नो तत्कालीन समाजवादी पार्टी फुटेर घर न घाटको स्थिति हुने भएको देखेर रातारात खाली कागजमा सहिछाप गर्न त्यार भएर पार्टी एकता गर्नु गराउनु भयो, अहिले नि त्यस्तै संकट हेरेर यो एकताको तुरुप फ्याल्नु भएको त होइन ?
खैर इमानदारी पुर्वक हो भने, समिक्षा नि गरौं ! राजनीतिमा कोहि पनि स्थाइ मित्र वा दुस्मन हुदैन! हामि त झन समान बिचार र मुद्दा लिएर राजनिती गर्दै छौ ! समान सिद्धान्त, बिचार उदेश्य रहेको पार्टी, समान हैसियतमा अलगअलग रहनै सक्दैन, कि त एकता हुनुपर्छ नभए एउटा सिद्दिनु पर्छ । तथ्यले प्रमाणित गरिसक्यो पटकपटक(कम्तीमा ४ पटक) हजुरले अत्यन्तै खराब प्रतिकुल परिस्थिति पैदा गरिदिदा पनि महन्त-राजेन्द्रहरु सिद्दिएन, सिद्दिनेवाला पनि छैन, यो तथ्यलाई स्वीकार गरि अगामी दिन तय गर्नुहोला । अब एकताको कुरा गर्दा आफुलाइ होइन मधेस र देशलाई केन्द्रबिन्दुमा राखेर सोच्नुहोस, अनि मात्र सार्थकता पाउने छ । धन्यवाद ।
जय मधेस , जय देश! जय मातृभुमी!
– सन्तोष मेहता

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *