Loading...
धोकाको अर्को नाम उपेन्द्र हो, छेपारो झैँ रंग बदल्ने र खाल्डोमा धकेल्ने संग सावधान ! – महतो

सरोज “खिलाडी”

लोकतान्त्रिक समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजबादी पार्टी संग कुनै पनि हालत पार्टी एकता नगर्ने बताउनु भएको छ। उहाँले जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रुप मै माफी मागे बरु बिचार गर्न सकिने बताउनु भएको छ ।

संघिय अनलाइन संगको कुराकानीमा बरिष्ठ नेता महतोले भन्नुभयो- ” उपेन्द्र जी चरम अवशरबादी हो। बजारमा अहिले जसपा फुट्ने हल्ला छ त्यहि भएर उपेन्द्रजीलाइ एकता र लोसपा याद आएको छ । उहाँले बिगतको सम्झना गर्दै भन्नुभयो – पहिला पनि उहाँ को पार्टी फुट्न लाग्दा हामि ले बचाएकै हौ तर त्यसको बदलामा उहाँले हामिलाइ धोका मात्र दिनु भयो। त्यसैले धोका को अर्को नाम उपेन्द्र यादव हो।

अहिले उहाँको पार्टी फुटने अबस्था मा पुग्नु र स्थानिय तह को चुनाब मा नराम्रो हार बेहोर्नु परेको हुनाले उहाँलाई पार्टी एकता याद आएको छ तर त्यो सम्भव छैन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *