Loading...
जनकपुरका उपप्रमुख किशोरी साहमाथि महिलाले किन गरिन् चप्पल प्रहार ? यस्तो छ कारण !

५ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आक्रमण भएको छ । जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपप्रमुख साहमाथि आक्रमण गरेको हो । आक्रमण गर्ने समूहमध्येका एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी छन् ।

बेला गाउँका स्थानीयले रामजानकी भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए । नगर प्रमुख नभेटेपछि उनीहरुले उपप्रमुख किशोरी साहलाई ज्ञापन बुझाए । ज्ञापन बुझेपछि साहले कार्यालय प्रांगणमा सम्बोधनका क्रममा पनि उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए । त्यसलगत्तै उनीमाथि आक्रमण भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *