Loading...
उपेन्द्र यादव मधेशमा मधेशी नेता, पहाडमा पहाडी नेता समग्रमा दोधारे ठग नेता- राजेन्द्र महतो

सरोज “खिलाडी”

लोकतान्त्रिक समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजबादी पार्टीको कुनै एउटा पक्ष वा नेता कार्यकर्ता संग पार्टी एकता गर्ने तर उपेन्द्र यादब संग नगर्ने बताउनु भएको छ । उहाँले जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रुप मै माफी मागे बरु बिचार गर्न सकिने बताउनु भएको छ ।

संघिय अनलाइन संगको कुराकानीमा बरिष्ठ नेता महतोले भन्नुभयो- ” उपेन्द्र जी चरम अवशरबादी हो। बजारमा अहिले जसपा फुट्ने हल्ला छ त्यहि भएर उपेन्द्रजीलाइ एकता र लोसपा याद आएको छ । पुर्ब उपप्रधानमन्त्री समेत रहनु भएका नेता महतोले डा. बाबुराम भट्टराइ वा अन्य नेता कार्यकर्ता संग भविष्य मा एकता हुन सक्ने संकेत गर्दै उपेन्द्र यादब संग पार्टि एकता सम्भव नभएको जिकिर गर्नु भयो। उहाँले बिगतको सम्झना गर्दै भन्नुभयो – पहिला पनि उहाँ को पार्टी फुट्न लाग्दा हामि ले बचाएकै हौ तर त्यसको बदलामा उहाँले हामिलाइ धोका मात्र दिनु भयो। त्यसैले धोका को अर्को नाम उपेन्द्र यादव हो।

अहिले उहाँको पार्टी फुटने अबस्था मा पुग्नु र स्थानिय तह को चुनाब मा नराम्रो हार बेहोर्नु परेको हुनाले उहाँलाई पार्टी एकता याद आएको छ तर त्यो सम्भव छैन। नेता महतोले उपेन्द्र यादव व्यक्तिगत स्वार्थका लागि राजनीति गरेको आरोप समेत लगाउनु भएको छ। उहाँले भन्नुभयो -“उपेन्द्रजी मधेश गए मधेशी नेता पहाड छिरे पहाडी नेता उहाको भिजन नै स्पष्ट नभएको ले दोधारे नेता हुनु हुन्छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *