Loading...
प्रचण्डले भन्थे- “बाबुरामलाइ झेल्न गाह्रो छ,” हो रछ, ग्रह दशा लागेर भित्राएको रहेछु- उपेन्द्र

सरोज “खिलाडी”

जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाइ झेल्न गाह्रो भएको बताउनु भएको छ । जसपा फुटेपछि जसपाका संघिय परिषद अध्यक्ष डा. भट्टराई तत्कालिन पहिलो अध्यक्ष महन्थ ठाकुरको ठाउँमा आफू बस्ने कसरतमा छन् । त्यो कसरतका कारण अहिले पार्टीनै धडापमा परेको छ । अध्यक्ष यादवले भन्नुभयो – कुनै पनि हालतमा पार्टी फुट्न दिनु हुदैन, र कोहि फुटाउन चाहन्छ भने त्यसलाई पार्टीका कार्यकर्ताले छोड्ने छैन । उहाँले आफू पार्टीमा एकल अध्यक्षको पक्षमा रहेको बताउनु भएको छ । उहाँले स्मरण गर्दै भन्नुभयो – बाबुराम जी को पार्टीको अबस्था के थियो र कुन हालतमा मैले पार्टीमा शरण दिए अहिले बिर्सिनु भएछ र पार्टी फुटाउन हस्ताक्षर गर्दै हिड्नु भएको छ जुन गलत हो । उहाँलाई पार्टिमा ठाउँ दिनु नै गलत भएको महसुस भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *