Loading...
बीआरआई सम्झौताको प्रतिलिपि दिन आनाकानी गर्दै मन्त्रालय, सचिब समक्ष यादबले दिए उजुरी

काठमाडौं, १२ असार । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीनसँग भएको बीआरआई सम्झौताबारे सूचना माग गर्दै परराष्ट्र मन्त्रालयका सचिवसमक्ष उजुरी गरेका छन् ।

मन्त्रालयको सूचना अधिकारी एक वर्ष बितिसक्दा पनि सूचना अधिकारबमोजिम बीआरआईबारे कुनै सूचना उपलब्ध नगराएको भन्दै यादवले आइतबार सचिवसमक्ष उजुरी गरेका हुन् ।

यादवले बीआरआई सम्झौताको प्रतिलिपी, सम्झौताअन्तर्गत नेपालमा सञ्चालन रहेको परियोजनाहरुको नाम र ठेगाना, परियोजनाहरुको लागत र लागत स्रोत, परियोजनाहरुको खर्चमा अनुदान रकम कति र ऋण कति, यदि ऋण हो भने ब्याज कति लगायतका सूचनाहरु माग गरेका थिए ।

उनले सूचनाको अधिकार प्रयोग गर्दै गत वर्ष जेठ ३० गते परराष्ट्र मन्त्रालयको सूचना अधिकारीसमक्ष बीआरआईबारे सूचनाहरु माग गरेको थिए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *