Loading...
बाबुराम मधेशी पार्टीहरुका लागि घाँडो, जसपापछि लोसपा तहसनहस हुने, लोसपा नेताहरु मख्ख !

सरोज “खिलाडी”

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असारमा बोलाएको छ । सोही बैठकबाट जसपा औपचारिक रुपमा विभाजन हुने बताइएको छ ।

अब प्रश्न यो उठछ कि बाबुराम जस्तो ठूलो नेतालाइ मधेशी पार्टी नै किन मन पर्छ ? वा किन एउटा मधेशी पार्टीलाइ छाडेर फेरी अर्को मधेशी पार्टीमा जान खोजिरहेको छ बाबुराम। के यो देशमा अर्को पार्टीहरु छैन र ? नेपाली कांग्रेस, एमाले र स्वंग प्रचण्ड संग मिलेर आफैले बनाएको पाटि नेकपा माओबादी केन्द्र त छदैछ । यति मात्रै होइन जब बाबुराम माओबादी छाडे एकलै हिडे। तर आज जसपा जस्तो सानो पार्टी बाट निस्किन लाग्दा सांसद तान्न तछाड मछाड गर्दैछन् । अझ एकातिर जसपा फुटाउदैछन भने अर्को तिर लोसपाका नेताहरु संग समेत पार्टी एकता गर्न बैठक गर्दैछन । लोसपा एक नेताका अनुशार बाबुराम लोसपा आउनेमा नेताहरु धुक्क छन् । उनलाई स्वागत गर्न आतुर छन् लोसपाका नेताहरु । बाबुराम त्यहि नेता हो जसलाई पार्टीमा भित्रयाउन कुनै बेला उपेन्द्र यादब समेत बाजा बजाएर स्वागत गरेका थिए । त्यति मात्र होइन ४०/६० को हिसाबले एकता गर्ने भनिए पनि बाबुरामले जसपा पार्टीको ७०% भात्री संगठन कब्जा गरे तर पनि उपेन्द्र आसेपासेका नेताहरु केहि पनि बोलेनन् । यति सम्म कि तत्कालिन संघिय समाजबादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले त आफ्नो भागमा परे पनि पार्टीका प्रेस तथा प्रचार बिभाग समेत आफनै पहलमा आफ्ना कार्यकर्तालाइ पाखा लगाएर बाबुरामको जिम्मा लगाए ।

तर जति जे गरे पनि आज पार्टी फुट्ने अबस्थामा नै पुगेको छ । अब बाबुरामको आँखा लोसपामा गडेको छ । ठूला पार्टीहरुले बाबुरामको नेचर थाहा पाएरै होला कहिले पनि पार्टीमा भित्रयाउन चाहन्न । अहिले ४ बर्ष अगाडी संघिय समाजबादी फोरम नेपालको अबस्था जे थियो त्यहि अबस्था लोसपाको छ बाबुराम पाउने खुशियाली । तर बाबुराम लोसपा संग एकता गरेपनि भोलि के हुन्छ त्यो हेर्न चाहि बाकि नै छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *