Loading...
उपेन्द्रको क्षमता जिल्ला अध्यक्ष बन्न लायक, ८ जिल्ला र एकल जातले पार्टी फुटतिर – भट्टराई

सरोज “खिलाडी”

जनता समाजवादी पार्टी नेपालका बाबुराम पक्षले पार्टी विभाजन हुने/नहुने वीरगञ्जको बैठकमा भरपर्ने बताएको छ । जडीबुटीमा आजदेखि सुरु भएको आफूपक्षीय केन्द्रीय सदस्यको बैठकमा भट्टराईले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै अब पार्टी विभाजन हुने/नहुने टुंगो जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको वीरगञ्ज बैठकमा भर पर्ने बताएका हुन् ।

पार्टीभित्र कुनै समस्या छ भने अझै पनि त्यसलाई बसेर समाधान गर्न सकिने र वीरगञ्जको बैठक स्थगित गरेर छलफलका लागि आउन जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आह्वान समेत गरेका छन् ।

त्यसै गरि अध्यक्ष भट्टराईले उपेन्द्र यादव एकल जात मा रमाउने र ८ जिल्ला भन्दा बाहिर ननिस्के उपेन्द्र को सोच का कारण पार्टी फुटको दिशा मा गएको समेत बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *