Loading...
बाबुरामको पछाडी अन्तमा २७ केन्द्रिय सदस्य, ५ कार्यकारिणी र ४ सांसद रहन्छ – बस्नेत

सरोज “खिलाडी”

सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन हुने भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुने सम्भावना छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । पेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाबुरामले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । तर बुधबार भट्टराईले आफ्नो नेतृत्वमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारिक बैठक सुरु गरेका छन् भने अध्यक्ष यादव पक्ष वीरगञ्जमा भेला भएका छन् । बुधबार कार्यकारिणी समितिको बैठक गरेको यादव पक्षको केन्द्रीय समितिको बैठक भने भोलि र पर्सि गरी दुई दिन बस्ने तय भएको छ । वीरगञ्जमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ३२ मध्ये १९ जना सहभागी भएको नेताहरुको दाबी छ । बैठकले संघीय परिषद अध्यक्ष डा. भट्टराईले बोलाएको बैठक विधान विपरीत ठहर गरेको छ र केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठनलाई केन्द्रीय समिति बैठकको एजेण्डा बनाएको छ । उनका अनुसार भट्टराई पक्षको बैठकमा जम्मा ७० जना केन्द्रीय सदस्य भएका छन् भने ६ जना कार्यकारिणी सदस्य । उनीहरुलाई अब पार्टी कमिटीबाट हटाइने छ । जसपाका केन्द्रिय सदस्य तथा युवा नेता पूर्ण बस्नेतले बाबुरामले जति भ्रम छरे पनि अन्तमा उनका पछाडी लाग्ने केहि शुभ चिन्तक मात्र भएको दाबी गर्नु भएको छ । उहाँले भन्नु भयो – मंगलबार बसेको बाबुराम को बैठक बैठक नै होइन, भेटघाट कार्यक्रम मात्र हो । त्यो भेटघाट कार्यक्रम को बारेमा जति भ्रम फैलाए पनि अन्तमा उनि संग जसपा बाट निष्काशन हुने २७ केन्द्रिय सदस्य, ५ कार्यकारिणी र ४ सांसद नै हुन्। किनभने त्यति मात्र उनको पछाडी लागेका छन् । बाकि बाबुरामले छर्नु भएको भ्रम मात्र हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *