३० असार, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ । संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । साथै भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको छ ।
Loading...
Facebook Comments