Loading...
लोसपाले गरायो नागरिकता बिधेयक बहुमतले पारित, सरकार गठन देखि मौन जसपा भ्रम छर्दै

६ साउन, काठमाडौं । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । यो बिधेयक पास गराउनका लागि लोकतान्त्रिक समाजबादी पार्टीले देउवा सरकार बने देखि नै प्रयासरत रहेका थिए। लोसपालाइ सरकारमा ल्याउन प्रधानमन्त्री देउवाले पहल गर्दा पनि लोसपाले पहिला नागरिकता बिधेयक पास गर्न सुझाब दिएका थिए।

नागरिकता विधेयकको पक्षमा लोकतान्त्रिक समाजबादी पार्टी सहित सत्तारुढ पार्टी थिए भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे ।

गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए । राष्ट्रियसभामा पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ । सरकार गठन देखि सरकारमा सहभागी जनता समाजबादीका नेता तथा कार्यकर्ता आफूहरुले बिधेयक पास गराएको गराएको भनि भ्रम समेत छरिरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *