Loading...
महिला राष्ट्रपति हुँदा मधेशकी छोरीको आत्मदाह, राउत मौन, यादबले भन्ने धिक्कार छ मधेश सरकार

२७ साउन, काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् ।

आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी उनले घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने माग छ ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।  उनि आज आत्मदाह गरेको र आजै देखि अनसन बसेको भने होइन । उनि महिनौ देखि अनसन बसी रहंदा मधेश सरकार भने चुप छाप मौन बसेको छ । निहारिका को बारेमा मधेश सरकार को कुनै पनि नेता वा मन्त्रि ले उनको बारेमा केहि पनि बोलेको सुन्निन । यस बिच युवा नेता संजय यादब ले आज सामाजिक संजाल फेस बुक मा आफ्नो बिचार पोस्ट गदै लेखेका छन् – ” आदरणीय मधेश प्रदेशका मुख्यमन्त्री ज्यू, सभामुख ज्यू, महान्यायाधिवक्ता ज्यू र महान मन्त्री ज्यूहरू यहि हो (राखीको) उपहार …………………………….मधेस प्रदेशका महामहिम सरकार ज्यू प्रदेश सरकार सम्पूर्ण रूपमा असफल भएकै हो???? परदेश भित्र न्याय मरेकै हो ??? यहि हो “बेटि बचाउ” कार्यक्रमको सुन्दरता ??? ………………….न्यायको लागि सँघीय सरकार सँग सधैं लडने , तर मधेशको छोरी काठमाडौंमा यसरी यतना,पिडा,दु:ख भोगिरहेको देखेर पनि केहि नबोल्ने????परदेश सरकारको ” बेटी बचाउ बेटी पढाउ” अभियानलाइ कसरी मधेशको बेटीको बचाउ गर्छन, हरेक कार्यक्रममा चर्को चर्को भाषण गर्ने आज किन चुप ??? ………….मधेस प्रदेशका पिडित बेटिले न्यायको कहिले सम्म यस्तै भौउतारिने हो ??? …………..”

युवा नेता यादबले संघिय अनलाइन संग कुराकानी गर्दै भन्नुभयो – ” यस्तो निक्कमम्मा सरकारले बेटी बचाउ कार्यक्रम गर्न सक्छ ? जसले मधेशको एक जना बेटी काठमाडौँमा आत्मदाह गर्ने प्रयास गर्दा चुइ शब्द बोल्दैन उसले बेटी बचाउ कार्यक्रम के आधारमा गर्छन ? यो भनेको मधेश सरकारको लाचारीपन र कायरता हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *