Loading...
लोसपालाई जोडदार धक्का, निर्वाचित सांसद गिरि सहित सैयौ एमाले प्रवेश, ओलीले गरे स्वागत

४ भदौ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित गिरी आज नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै नेकपा एकीकृत समाजवादी निकट युवा संघका सचिव अरूण यादव, जसपा निकट समाजवादी विद्यार्थी युनियनका सचिव सुजित गिरी, नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका  केन्द्रीय सदस्य आलम गिर हुसेन, जिल्ला अध्यक्ष भुपेन्द्र साह लगायतका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *