Loading...
सभामुख यादबको दोधारे चरित्र, जसपा र लोसपा दुवै तिर ठिक्क, जसपाबाट चुनाब लड्ने पक्का

मधेस प्रदेशका प्रदेश सभामुख सरोज यादव आगामी निर्वाचनमा जनता समाजबादी पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । विभाजनअघि जसपामा रहेका उनी हाल लोसपा र जसपा दुवैको सम्पर्कमा छन् । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा बाराको क्षेत्र नम्बर १ को (ख) बाट विजयी भएका थिए । उनी फेरि प्रदेशसभामै चुनाव लड्ने तयारीमा छन् । तर कुन पार्टीबाट चुनाव लड्ने भन्नेबारे उनले अझै नखुलाए पनि उनि जसपा बाटै चुनाब लडने उनि निकट का एक नेताले बताएका छन् ।
लोसपाका एक नेताले भने, ‘सरोज यादवले पार्टीको लेवी जसपालाई बुझाइरहनु भएको छ, तर आफू भने लोसपाकै हो भनिरहनु भएको छ । उहाँ पार्टीको नियमित सम्पर्कमा हुनुहुन्छ ।’​ जसपाबाट विभाजन भएर लोसपा गठन हुँदा सांसदहरुले जसपा वा लोसपामध्ये एक दल रोज्ने अवसर पाएका थिए । तर उनी सभामुख भएका कारण कतै खुल्नु परेन । यद्यपि भित्रभित्रै उनले उपेन्द्र यादव नेतृत्वको जसपालाई साथ दिएका थिए । उनले त्यतिबेला उपेन्द्र यादवलाई साथ नदिएको भए उनको सभामुख पद पनि धरापमा पर्न सक्थ्यो ।
उनलाई जसपामै राख्न मधेस प्रदेशका मुख्यमन्त्री लालाबाबु राउत र मधेस सरकारका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले अध्यक्ष यादवसँग कुरा गराएका थिए । सभामुख यादवले जसपालाई साथ दिँदै आएका छन् ।
तर उनले लोसपासँग सम्बन्ध तोडेका छैनन । लोसपाका शीर्ष नेताहरुसँग उनको सम्बन्ध छँदैछ । ती नेताहरुलाई उनले आफू लोसपामै रहेको बताउँदै आएको लोसपाका नेताहरुको भनाइ छ। ​ लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनल (बारा) ले सभामुख सरोज यादव तत्कालीन राजपाबाट चुनाव जितेको र तत्कालीन राजपाको विरासत आफूहरु नै रहेका कारण उनी हाल लोसपामै रहेको दावी गरे ।
​लोसपाबाट चुनाव जितेका बारा सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवार पनि सभामुख यादव लोसपामै रहेको बताउँछन् । यद्यपि आगामी चुनावमा उनी जसपाबाट उम्मेदवार बन्ने चर्चा भइरहेको कलवार बताउँछन् ।
जसपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य बिक्की यादवले सभामुख सरोज यादवले आगामी चुनाव जसपाबाट लड्ने दावी गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *